आइएमई पेबाट सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाईल फोन अव ‘बाइ नाउ पे लेटर‘ फिचर मार्फत ० प्रतिशत ब्याजदर इएमआई मा खरिद गर्न सकिने सुबिधा सार्बजनिक गरिएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन ० प्रतिशत ब्याजदर इएमआई मा खरिद गर्न सक्नेछन्। हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर‘ अप्सनमा गइ सोधिएको विवरण भरेर आफुले चाहेको मोबाईल फोन छनौट गरि ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ ।
डाउन पेमेन्ट पछिको इएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् । परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुबिधा प्रदान गर्दै आएको छ। आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड ,आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ। ‘बाइ नाउ पे लेटर‘ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुबिधाहरू सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।
आइएमई नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति,व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।