उदयपुर स्थिति बिद्युत् प्राधिकरणका कर्मचारीद्वारा अवैध  रकम असुली !

उदयपुर । उदयपुरको चौदडीगढी नगरपालिका  वडा नं – ५ मा बिधुत प्राधिकरणले  अवैध रूपमा बिना बिल रकम असुली गर्दे आइरहेको छ । प्राधिकरणका कर्मचारीहरूलाई प्राधिकरणले तलब दिँदा दिँदै पनि उपभोक्तासँग अवैध रूपमा बिना बिल रकम असुली गरिरहेका छन् ।

विभिन्न प्राकृतिक घटना  , ओभर लोड , रुखाका हाँगा भाँचिएर , चट्याङ्ग परेर, सट भएर वा आदी इत्यादि हुँदा  बिजुलीको पोलबाट मिटर बक्ससम्म आएको पोलको तार जोड्दा  अवैध असुली गर्ने गरेका छन् । बिजुलीको पोलबाट मिटर बक्ससम्म प्राधिकरणले  जोड्नू  पर्ने र मिटर बक्स देखी घरको सबै उपभोक्ताले जोड्नू  पर्छ तर यस्तो कुरा बिधुत प्राधिकरणले कहिले बुझ्ने होला ?  सधैँ सोझा-साजा जनतालाई मात्र डाम्ने काम कहिले रोकिन्छ ?

उपभोक्ताले बिधुत महसुल बुझाई रहँदा पोलमा जोडिने कालो तार जोड्न जनताले ती सरकारी तलब भत्ता खाने  बिधुतका कर्मचारीलाई कहिलेसम्म अतिरिक्त बिना बिलमा  रकम बुझाउनु पर्ने हो ? बिद्युत् प्राधिकरणका  कर्मचारीले कि सरकारी तलब छाड्नू पर्यों या अवैध रूपमा पोलमा तार जोड्दा लाग्ने रकम असुली गर्न छाड्नू पर्‍यो । स्थानीय जनता उदयपुर बिधुत प्राधिकरणका कर्मचारीको रवैया र दादागिरी देखेर आजित भएका छन् । उदयपुरका जनताको यो समस्या कसले बुझ्ने हो ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *