निर्देशक मदन घिमिरेले तामाङ संस्कृति झल्कने ‘ङला डीन्छे’ आमा (तामाङ गीत) को म्युजिक भिडियो निर्देशन
काठमाडौ । नेपाली चलचित्रका सिद्धहस्त निर्देशक, निर्माता, नेपाली गीतका सवल रचनाकार, समाजसेवी एवम् अभियान्त मदन घिमिरेले तामाङ संस्कृति झल्कने (‘ङला डीन्छे’) तामाङ गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । नेपाली चलचित्र आकाशमा घिमिरेले ३०,३५ वटा नेपाली फिल्ममा निर्देशन, १ ,२ वटा फिल्म निर्माण गरेर निर्माताका रुपमा पनि चिनिन्छन । निर्देशनको क्षेत्रमा त मदन दाई भनेपछि जस्तोसुकै कलाकार पनि घिमिरेको अगाडि थुर्थुर हुन्छ्न अहिलेसम्म पनि ।
चर्चित नेपाली चलचित्र क्षेत्रका हस्ती घिमिरेले निर्देशन गरेको एउटा अत्यन्तै फरक शैलिको तामाङ संस्कृती झल्कने तामाङ गीतको म्यूजिक भिडीयो हाईलाईट नेपालको युटुव च्यानलबाट रिलिज भएको छ । भक्तपुरको गुण्डु गाउँको परिवेशमा शूटिड भएको उक्त म्युजिक भिडियोको गीत रचना,संगीत थुप्तेन शैपा योन्जन, स्वर अन्जु पन्त, एरेन्जर संजय खड्गी, छायांकार डम्बर राई, कलर,सम्पादन टेकेन्द्र शाह, मेकअप अशोक रोक्का छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा सन्ध्या तामाङ, निर्मला तामाङ, मेरिया मगर रहेका छन । निर्देशकका सारथीका रूपमा (मुख्य सहायक) जीवन गौतम रहेका छन । गीतको भिडियो अत्यन्तै मनोरञ्जनात्मक रहेको छ ।