भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार यचुरीको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उनी पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । आइसीयुमा भर्ना गरिएका उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

उनको जन्म १९५२ अगष्ट १२ मा भएको थियो । यचुरीका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी भाकपा मार्क्सवादीमा सन् २०१५ मा महासचिव चुनिएका थिए । उनले सो पार्टीमा ३ पटक महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल नजिक रहेका कम्युनिष्ट नेता मानिन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *