ओरियण्टल होटलको लाभांश घोषणा
काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औँ वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७९।८० मा ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५।२०७६ मा १५.७९ प्रतिशत, आर्थिक वर्ष २०७४।२०७५ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७३।२०७४ मा २४.२१ प्रतिशत, आर्थिक वर्ष २०७२।२०७३ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७१।२०७२ मा २० प्रतिशत र आर्थिक वर्ष २०७०।२०७१ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो ।