कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । बैंकले यसअघि आर्थिक वर्ष २०७८।७९ मा ४.६४ प्रतिशत, आर्थिक वर्ष २०७७।७८ मा १९.४७ प्रतिशत, आर्थिक वर्ष २०७६।७७ मा ४.६३ प्रतिशत, आर्थिक वर्ष २०७५।७६ मा ६.८८ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा ९.५ प्रतिशत र आर्थिक वर्ष २०७३।७४ मा १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *