नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर मोह्युन कोङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र मुगु अस्पतालका स्वास्थ्य व्यवस्थापक डा. निर्मल नगरकोटीले हस्ताक्षर गरेका थए । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पताल कोइकाको अनुदान सहयोगमा स्थापना भएका हुन् ।

सम्झौतापश्चात मुगु अस्पतालका बिरामीहरूले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार पाउनेछन् । दुवै अस्पतालहरूले बिरामी व्यवस्थापनलाई व्यवस्थित बनाउने जनाइएको छ । कोइकाका कन्ट्री डाइरेक्टर कोङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीचको साझेदारीले स्वास्थ्य सेवा क्षेत्रमा भविष्यमा हुने सहकार्यका लागि उदाहरण प्रस्तुत गर्ने बताए । कार्यक्रममा मध्यपुर थिमि नगरपालकाका मेयर सुरेन्द्र श्रेष्ठले समुदायलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । नेपाल कोरिया मैत्री नगरपालका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशनले बिरामीहरूलाई सम्भावित स्वास्थ्य सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *