संवैधानिक परिषद्ले कुनै निर्णय गरेन

काठमाडौं । संवैधानिक परिषद्‌को बैठक कुनै निर्णय नै नगरी सकिएको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिसका लागि शुक्रबार साँझ बालुवाटारमा बसेको बैठक निर्णय नगरी सकिएको हो । बैठक भदौ ३१ गते (सोमबार) अपराह्न ५ बजे बस्ने गरी सकिएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।

उनका अनुसार, आजको बैठकमा संवैधानिक परिषद्का सदस्यहरूबीच नियुक्ति सिफारिसका विषयमा गहन छलफल नभएकाले एक्कासि निष्कर्षमा पुग्न नहुने समझदारी बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *