समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पांग्रे सवारी किन्दा छुट
काठमाडौं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीको दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् । साथै दुई पांग्रे सवारीसाधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङ पनि गरिने जनाइएको छ । फाइनान्सका ग्राहकहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्नछ ।
यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिने फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।