नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(केआईओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।

कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपानेलगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । कम्पनीबाट प्रदान भएको उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी उक्त संस्थाले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *