सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो । यस सहयोगले बिरामीहरूले स्तरीय उपचार सेवा पाउने विश्वास लिँदै बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *