कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ४.५१ प्रतिशत प्रदान गर्नेछ । यसअघ भदौमा ५.०६ प्रतिशत ब्याजदर तोकेको थियो । असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत छ भने स्प्रेडदर ३.८७ प्रतिशत छ । यसअघि भदौमा आधार दर ८.८९ प्रतिशत थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *