नेपाली बजारमा आज सुनको मूल्य तोलाको १ लाख ५६ हजार ३ सय

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ५ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *