नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर
काठमाडौं । नेपाल बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याज तोकेको थियो ।
बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर कायम थियो । बैंकले कर्जातर्फको ब्याजदर भने घटेको छ । यसअघि बैंकको आधारदर ७.८७ प्रतिशत रहेकोमा असोजका लागि ७.५४ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको स्प्रेडदर भने ३.९६ प्रतिशत रहेको छ ।