भाटभटेनीको ३०औं शाखा हात्तीवनमा
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा ३०औं शाखा खोल्न लागेको छ । भाटभटेनी सुपरमार्केटले भूमिपूजन सम्पन्न गरिसकेको छ । करिब एक वर्षमा निर्माण सम्पन्न हुने भाटभटेनीले जनाएको छ । यसअघि पोखरा र चितवनमा २८औं र २९औं शाखा निर्माणका लागि भूमिपूजन सम्पन्न भएको छ । भाटभटेनीले नयाँ शाखामा करिब पाँच सय युवालाई रोजगारी दिनेगरी निर्माण हुन लागेको जनाएको छ ।
भाटभटेनीले देशभरका विभिन्न शाखामा पार्टटाइम काम पनि दिइरहेको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङ हुन् । गुरुङले सन् १९८४ मा भाटभटेनी सुपर मार्केटको स्थापना गरेका थिए । गुरुङ सन् १९५८ मा खोटाङमा जन्मिएका थिए । उनले नेपाल बैंक लिमिटेडमा काम गर्दै अर्थशास्त्रमा स्नातकोतर तहको अध्ययन पनि सम्पन्न गरेका थिए। उनले बैंकिङ क्षेत्रमा काम गर्ने क्रममा भाटभटेनी सुपरमार्केट जन्मिएको थियो । सुरुको सुपरमार्केटमा ३५ हजार रुपैयाँ लगानी गरिएको थियो ।