सहकारी विशेष समितिको प्रतिवेदन संसदले सरकारलाई पठायो

काठमाडौँ । प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ।

आज सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।

उनले उक्त प्रतिवेदन प्रतिनिधि सभाका सदस्यहरूका लागि दिइने समेत बताए । प्रिन्ट गर्नका लागि केही समय लाग्ने भएकाले तत्काल उपलब्ध हुनु नसकेको उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *