सानिमा बैंकको घट्यो निक्षेप र कर्जाको ब्याजदर

काठमाडौं । सानिमा बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत, संस्थागततर्फ ४.९० प्रतिशत र रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ८.०३ प्रतिशत रहेकोमा ७.८३ प्रतिशतमा झरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *