नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नगद लाभांश घोषणा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट करसहित ५ करोड ११ लाख ५७ लाख ८ सय ९४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।