प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन- सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।
आज मंगलबार कांग्रेसको कानुन विभागले पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्नु पर्दछ ।