बालेनको तस्बीर अंकित टिसर्ट लगाएका युवा युवतीलाई समारोहस्थलबाट निकालियो
काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।
उनीहरूलाई प्रहरीले समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । प्रहरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको छ । काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ ।
यसपालि भने बालेनको उपस्थिति नहुने भएको छ । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।