ममताको श्रीमान् का वकिलका अनुसार ममता जीवितै रहेको दाबी

काठमाडौँ । अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् ।

नरेश पक्षका वकिलले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् । फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने अनुमान गरेको थियो । तर, उनको पक्षका वकिलले भने अदालतमा नरेशनले ममतालाई कुनै हानी नपुर्‍याएको दाबी गरेका छन् ।

नरेशविरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ । यो बीचमा प्रहरीले ममताको खोजीका लागि ठाउँ ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । अभियोजनकर्ता पक्षले भने नरेशको घरको कोठामा देखिएका रगतका मात्रा, नरेशले ममता हराउनुअघि गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विवाह गर्न सकिन्छ’ भनेर सर्च गरेको विवरण लगायतका विषयहरुलाई आधार बनाउँदै उनको मृत शरीरलाई घरबाट बाहिर निकालिएको जिकिर अदालत समक्ष गरेको थियो ।

ममता सम्पर्कविहीन भएलगत्तै नरेशले आफ्नो टेस्ला कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए । ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *