पिपुल्स साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न ,शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पूर्व उद्योग राज्यमन्त्री, संविधान–सभा सदस्य एवं वागमती प्रदेश सभा सदस्य कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि बादेले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएका कारणले आज सदस्यहरुका माझ ढुक्कले कार्यक्रम गर्न सफल भएको बताए । सहकारी भन्दा आम मानिसले जिब्रो टोक्ने समयमा पिपुल्स साकोसले सदस्यहरुको मन जित्न सफल भएकोमा उनले धन्यबाद दिए । संस्थाले सदस्य सेवा कार्यक्रम अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा, उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एस ई ई विद्यार्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा।टेलिफोन तथा विजुली भुक्तानि सेवा, न्यनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म दुर्घटना बीमा, स्वास्थ्य उपचार सेवा, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा, सदस्यलाई संरक्षित पूँजी फिर्ता कोष रकम वितरण, २०६५ साल बाट शुरु गरिएको १५ वर्षे दीर्घकालिन बचत योजनामा आबद्ध ३१ जना सदस्यलाई ७४ लाख रकम फिर्ता जस्ता सदस्य हित कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन सचिव देबेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक राजिव श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पूँजी २ करोड ९३ लाख ८५ हजार, निक्षेप संकलन २७ करोड ४६ लाख ९९ हजार, ऋण लगानी २३ करोड ४ लाख ९३ हजार, जगेडा कोष १ करोड ६८ लाख २२ हजार लाख र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार ३ सय ९ जना पुर्‍याउन सफल भएका छ।

कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, जिल्ला सहकारी संघ लि।का अध्यक्ष अमन पोटे, जिल्ला बचत सघंका सह–सचिव विकास बादे, राष्ट्रिय सहकारी बैक बनेपा शाखा प्रमुख उपेन्द्र दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना, सामुदायिक साकोसका सञ्चालक सदस्य कौशलराज खड्का, चण्डेश्वरी साकोसका अध्यक्ष नविनभक्त बादे, सक्षम साकोसका उपाध्यक्ष भवानी जोशी, उद्यम विकास साकोसका अध्यक्ष सुनिल सैंजू, काभ्रे उद्योग बाँणिज्य संघका महासचिव रंजित पलाञ्चोके र प्रेस सेन्टर नेपालका अध्यक्ष यदुनाथ गौतमको आतिथ्यता रहेको थियो । उत्कृष्ट कर्मचारी विधा अन्तर्गत आफ्नो जिम्मेवारी पुरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउनुहुने वरिष्ठ सहायक सालु वादे र सहायक शुसिला श्रेष्ठलाई सो समारोहमा सम्मान गरिएको थियो । सभाले निरन शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष देवेन्द्र श्रेष्ठ, सचिवमा सन्तोष कुमार घिमिरे, कोषाध्यक्षमा पवन राज कर्णजीत, सह–सचिवमा सुमन श्रेष्ठ, सदस्यमा मञ्जु कायष्ठ, सदस्यमा कपिल प्रसाद दुलाल, द्वारिका गौतम, रिजना भण्डारी, नवराज तिमल्सिना, सुलोचना श्रेष्ठ रहेका छन् । त्यसैगरी नवनिर्वाचित लेखा सुपरिवेक्षण समितिको संयोजकमा ऋषिराम गौतम र सदस्य विष्णुभक्त श्रेष्ठ र आक्रोश श्रेष्ठ रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *