भविष्य बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । सुर्यविनायक नगरपालिका ३ बालकोटमा रहेको भविष्य बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सु न पा ३, पानीट्यांकीस्थित भिजन बैंक्वेटमा भव्य एवं सभ्य रूपले सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाको समुद्घाटन प्रमुख अतिथि सु न पा ३ का वडा अध्यक्ष दिपेन्द्र के सीले पानसमा दिप प्रज्वलन गरि खुत्रुकेमा पैसा हालेर गर्नु भएको थियो।

संस्थाका उपाध्यक्ष सरस्वती घिमिरेको स्वागत भाषण तथा बालिकाहरूको स्वागत नृत्यबाट शुरू भएको उक्त कार्यक्रममा संस्थाका सचिव विश्वनाथ ढुङ्गेल, कोषाध्यक्ष गंङ्गाराम श्रेष्ठ र ले सु स का कावा संयोजक शान्तिराम ओलीबाट आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि एवं वडा अध्यक्ष दिपेन्द्र के सी, भक्तपुर बचत तथा ऋण सहकारी संघका प्रतिनिधि कान्छाराम घजु, राष्ट्रिय सहकारी बैंक ठिमी शाखाका प्रमुख सीता भट्टराई, घरपरिवार बचत तथा ऋण सहकारीका प्रतिनिधि पुन्यराज खत्री लगायत विभिन्न वक्ताहरूबाट शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थाका सचिव विश्वनाथ ढुङ्गेलद्वारा सञ्चालित कार्यक्रममा अशल बचतकर्ता, अशल ऋणी, शेयर सदस्हरूका एस ई ई परिक्षामा उतिर्ण र उत्कृष्ट सन्ततिलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत पनि गरिएको थियो, जसमा संस्थाका उपाध्यक्ष सरस्वती घिमिरे तथा व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराईले सहजकर्ताको भुमिका निभाउनु भएको थियो।