राप्रपा नेतृ ओलीले देशव्यापी युवा संवाद यात्रा सुरू गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरू गर्ने भएकी छन् । सुदूरपश्चिमबाट सो यात्रा सुरू गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले जानकारी दिएकी छन् । पहिलो चरणमा उनी सुदुपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना रहेको बताएकी छन् । उनले भनेकी छन्, आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरु आशाको किरण देखाउनु र उनीहरुलाई देशमा नै राख्नु हो ।

एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको नेताको हैसियतमा देशले अहिले भोगेका समस्याहरु समाधान गर्न पहल गर्नु दायित्व भएको बताइन् । उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी एक जिम्मेवार नेता एवं केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहका युवा र कार्यकताहरुलाई जोड्ने योजना गरेको बताइन् । यो यात्रामा विशुद्ध राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरु पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट गर्ने नै भएको उनको बुझाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *