क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो ।
मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दीपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ ।
उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।