निफ्रा बैंकको नाफा पौने १४ करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको एक महिनामा पौने १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले साउनमा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । एक महिनामा बैंकको कुल आम्दानी २५ करोड १६ लाख रुपैयाँ गरेको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी २२ करोड १२ लाख रुपैयाँ गरेको छ भने बैंकले ब्याज खर्चमै १ करोड ८७ लाख रुपैयाँ, कर्मचारी खर्च ३९ लाख रुपैयाँ, कार्यालय सञ्चालन खर्च ४४ लाख रुपैयाँ गरेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड रुपैयाँ र अन्य जगेडा कोषमा ८० करोड रुपैयाँ रहेको छ ।