रविविरुद्ध पक्राउ पुर्जी जारी,सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको बुझिएको हो । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे पक्राउ भएका छन् । उनी पक्राउ भएसँगै अब प्रहरीले रवि लामिछानेलाई निगरानीमा राखेको विषय बाहिरिएको छ । उनको नाम पनि सहकारी ठगीको विषयमा मुछिएको छ ।

सहकारी बचत रकम ठगीसम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रवि, छवि र जीबी राईलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरिसकेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई प्रहरीले निगरानीमा राखेको भन्ने सूचनापछि उनी पार्टी कार्यालय पुगेको बुझिएको छ । रविलाई पनि आजै पक्राउ गर्नेगरी जिल्ला अदालत, कास्कीबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको बुझिएको थियो । अहिले लामिछाने पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा छन् । यससँग काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *