आमाको किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

धनगढी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन् । आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको हो । डीएसपी भट्टराईका अनुसार रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ ।

स्रोतकाअनुसार घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए । आमाको दाहसंस्कार सकेर किरिया बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *