दुर्गा प्रसाईसँग बयान लिदै साइबर ब्युरो

काठमाडौं । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोले बयान लिने काम सुरु गरेको छ ।

प्रसाईंविरुद्ध उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले आइतबार बेलुकी उनकै निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो । प्रसाइँ उच्च रक्तचापका विरामी छन् । सीआइबी स्रोतका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार आएपछि उनीसँग साइबर ब्यूरोको टोलीले सोमबार दिउँसोबाट बयान लिने काम सुरु गरेको हो । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो । गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *