प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको छ । बिहान करिब ४ बजे भएको भेटवार्ता आधा घण्टासम्म चलेको थियो ।

भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको बताएका छन् ।भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा दुवै देशका परराष्ट्र सचिव सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *