प्रभु बैंक भिजा इन्टरनेसनलको दुई विधामा सम्मानित
काठमाडौं । प्रभु बैंक लिमिटेड भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको छ । बैंक ’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो । प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।