शाइन रेसुङ्गा जोखिम व्यवस्थापनसँगै व्यवसाय विस्तारमा
काठमाडौं । मोफसलबाट उदाउँदै गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तीन जिल्ला हुँदै विभिन्न बैंकसँग मर्जररप्राप्ति गरेर पूँजी वृद्धि गरेको यस बैंकले व्यवसायमा पनि वृद्धि गरेको छ । बोनस सेयर वितरण तथा हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गरेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा स्थापना भएको शाइन रेसुङ्गा ले मर्जर ,प्राप्ति गरेका वित्तीय संस्थाहरू पनि सोही प्रदेशको गुल्मीको तम्घास, प्यूठानको बिजुवार, रूपन्देहीको भैरहवा र बाँकेको नेपालगन्जमा स्थापना भएका कारण पनि व्यवसायिक सिनर्जी आएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । कर्मचारी, लगानीकर्ता तथा व्यवसायीहरू स्थानीय भएको हुँदा व्यवसायिक सम्बन्ध स्थापित गर्न आवश्यक पर्ने ग्राहक पहिचान पद्धति केही सहज भएको उनको भनाइ छ । पछिल्लो समय राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएर उपत्यका प्रवेश र पोखरामा शाखा कार्यालय विस्तार गरेपछि बैंकको कारोबार पनि बढेको उनले बताए । “बैंकका वित्तीय सूचकहरू नियामक निकायको निर्देशन बमोजिम कायम राखी राख्नका लागि हरेक दिन कार्यालय समय, बैंकले विकास गरि लागू गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) सँगै शुरु हुने गरेको छ । नियामक निकायको निर्देशन बमोजिम कायम गर्नुपर्ने वित्तीय सुचकहरु जस्तैः सीआरआर, एसएलआर, सीडी रेसियो, क्यापिटल एडुकेसी रेसियो, स्प्रेड, लगानी, निक्षेप, कर्जा सीमा लगायत सूचकहरू कायम राखी राख्न उक्त एमआईएसले मद्दत गर्ने हुँदा नियामक निकायको कारवाही तथा जरिवानाबाट बच्न पनि यस व्यवस्थाले मद्दत गरेको छ जसका कारण ग्राहकहरूको विश्वास कायम राखी व्यवसाय विस्तार तथा सेवा प्रवाहमा समेत गुणस्तर कायम गर्न सहयोग पुगेको छ ।” नियामक निकायको निर्देशनको पालनासँगै व्यवसाय विस्तार गर्दै आएको उनले बताए । अनुपालना, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बैंकिङ इन्डष्ट्रिमा प्रयोगमा ल्याइएका राम्रा अभ्यासहरूलाई अनुशरण गर्दै प्रयोगमा ल्याइएको चिफ रिस्क एण्ड कम्पलायन्स अफिसर यशोधन पाण्डेयले जानकारी दिए । उनका अनुसार जोखिम व्यवस्थापनको संयन्त्रभित्र कर्जा जोखिम विभाग समेत रहेको छ जसले हरेक शाखा कार्यालय मार्फत कर्जा प्रवाह गर्दा जोखिम विश्लेषण पश्चात मात्रै स्वीकृत प्रदान गर्ने गरेको छ । बैंकले नियामक निकायको निर्देशनको अधिनमा रहेर बैंकका हरेक गतिविधिका लागि आवश्यक नीति नियम बनाई लागू गरेको र उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक म्यानुअल, गाइड लाइन, प्रोसेस नोट आदी बनाई सम्बन्धित कर्मचारीहरूलाई उक्त व्यवस्थाको महत्व तथा यसले पार्ने प्रभाव, जोखिम व्यवस्थापन आदीका बारेमा परामर्श सहित मार्गदर्शन गरिने हुँदा उक्त व्यवस्थाहरुको पालना गर्ने तर्फ सम्बन्धित कर्मचारी स्वयम सजग हुने गरेको उनले बताए ।
बैंकले प्रदान गर्ने सेवा सुविधाहरु प्रविधि मैत्री हुँदै गर्दा यसले निम्त्याउन सक्ने जोखिम समेतलाई मध्यनजर गर्दै नियमित रुपमा गरिने आन्तरिक तथा बाह्य लेखापरीक्षण बाहेक सुचना प्रविधिसँग सम्बन्धित रहन सक्ने जोखिम न्यूनीकरणका लागि समेत नियमित इन्फर्मेसन सिस्टम अडिट गराउँदै आइरहेको छ । बैंकले ग्राहकको विवरण तथा तथ्याङ्कलाई सुरक्षित राख्न डाटा सेन्टर, नियर बाइ डाटा सेन्टर र डीआर साइटको प्रभावकारी व्यवस्थापनका लागि समय सापेक्ष प्रविधिमा आवश्यक लगानी गरेको उनले बताए । साथै, प्रविधिको प्रयोगबाट हुने कारोबारहरुको सुरक्षाको लागि आवश्यक एप्लिकेसन,सफ्टवेयर तथा आन्तरिक नियन्त्रण प्रणाली विकासमा समेत आवश्यक लगानी गरि भुक्तानी प्रणाली थप सुरक्षित गरिएको उनले बताए । बैंकिङ्ग व्यवसाय ग्राहक तथा बैंक बीचको विश्वासको बातावरणको आधारमा अघि बढ्ने भएकाले आन्तरिक नियन्त्रण प्रणाली, अनुपालना तथा जोखिम व्यवस्थापनको संयन्त्र बलियो बनाउनु पर्ने उनले बताए । प्रत्यक्ष रुपमा नतिजा नदेखिए पनि ग्राहकहरूको विश्वास जित्नका लागि सहयोग गर्ने र उक्त बातावरणले बैंकको समग्र व्यवसाय विस्तारमा थप मद्दत गर्ने उनको भनाइ छ ।