नेपाल इन्भेस्टमेण्ट मेगा बैंक ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ बाट सम्मानित
काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड पाएको हो ।
४ दशकदेखि ग्राहकलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।