लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाका अनुसार, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ । त्यसबाट दुईजना घाइते भएका छन् । इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठूलो युद्धमा परिणत हुन सक्ने भन्दै विश्वभरका नेता चिन्तित छन् । बीबीसीबाट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *