काठमाडौं महानगर क्षेत्रभित्रका खुद्रा बिक्रेतालाई बालेनको ४ बुँदे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् ।

मेयर बालेनले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची टाँस्न निर्देशन दिएका छन् । मूल्य सूचीमा अङ्कित अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री वितरण नगर्न भन्दै उनले यदि त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि मेयर बालेनले निर्देशन दिएका छन् ।

उनले बजार अनुगमन गरिने र अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन् । उनले ठगिएको अवस्थामा उजुरीका लागि टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्न आग्रह सबैलाई अनुरोध गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *