सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा

काठमाडौ । सिटी वालेट प्रा.लि.ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ । नेपालको सवैभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानीगर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो।५ हजारभन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दाऋक्ष्त्थ्एब्थ्प्रोमोकोड प्रयोग गरी २ सयरुपैंया रकम बराबरको बोनस ब्यालेन्स तथा हरेकदिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई ५ सयबराबरको वोनस गरी कुल ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन्।देशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवारगर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्ने छन।साथै दशै तिहारलाई लक्षितगरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ। आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एप मार्फत उडान बुक गर्दाँ FLIGHT200 प्रोमोकोड प्रयोग गरी ३सय भन्दा बढीको क्यासब्याकप्राप्त गर्न सक्ने छन्।

यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो। दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं। हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो । सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने। यस अफरको आफ्नो सिटीपे वालेट दर्तागरी रेमिट भूक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ। सिटीपे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारीरेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भूक्तानी गर्न सकिन्छ।यो योजना सिमीत अवधिका लागी रहने छ। सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिद्धारा प्रवर्धित सिटी वालेट प्रा.लि. स्थापनाको निकै छोटो समयमा ग्राहकमाझ लोकप्रिय डिजिटल वालेटको रुपमा स्थापित ब्राण्ड रहेको छ। विशेषत रेमिटेन्सको कार्यक्षेत्रमा जोड दिई लाखौं ग्राहकलार्ई डिजिटल भुक्तानी सेवा लिनको लागिअत्यन्तै सहयोगी साबित भैसकेको छ । सिटीपे वालेटबाट आफ्नो घरैमा बसि वालेट मै रेमिटेन्स प्राप्त गर्न, सरकारी तथा अन्य बिल भुक्तानी, मोबाइलटपअप, बैंक ट्रान्सफर, वालेट ट्रान्सफर, फ्लाईट बुकिङ, क्युआर पेमेन्टजस्ता कार्य गर्न सकिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *