अन्तर्राष्ट्रिय क्षेत्रमा म प्रधानमन्त्रीभन्दा माथि हो भन्ने बनेको छः अध्यक्ष प्रचण्ड

काठमाण्डौं । बिहीबार पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय क्षेत्रको प्रचण्ड प्रधानमन्त्रीभन्दा माथि हो भन्ने मनोविज्ञान रहेको बताएका छन्। उनले सो कुरा बताएका हुन्। ‘मलाई प्रधानमन्त्रीबाट त कांग्रेस र एमालेले भ्रष्टाचारी बचाउनका लागि संख्याको बलमा हटाइसकेका थिए। तर बेलायतका प्रधानमन्त्रीलेमलाई चिठी पठाउनुभयो प्रधानमन्त्रीकै नाममा। बेलायतको राजदूतले आएर चिठी दिनुभयो। मैले भनेँ–म प्रधानमन्त्री छैन।

मलाई किन चिठी दिनुपर्‍यो। उनले भने–तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा माथि हो। अन्तर्राष्ट्रिय क्षेत्रमा यो खालको मनोविज्ञान बनेकै छ। उनले क्रान्ति, आन्दोलनका निम्ति सम्पत्ति भएको बताए। ‘यो सम्पत्तिलाई सदुपयोग गर्‍यौं भने प्रतिक्रियावादी षड्यन्त्रलाई त परास्त गर्छौं। अहिले सरकार बनाउने चाहना नरहेको उनले बताए। जनतातिर फर्काइदिएकाले कांग्रेस–एमालेलाई धन्यवाद दिनुपर्ने उनले बताए। ‘हामीले त कांग्रेस एमालेलाई मिलेर बस भनेका छौं। तर उनीहरू मिलिरहेका छैनन्। मलाई लाग्छ, कांग्रेस–एमालेको अपवित्र, अप्राकृतिक गठबन्धन केही समयभित्रै कुहिएर झर्छ। त्योबेला के गर्ने भन्ने हामीले सोच्नुपर्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *