कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *