भोलि र पर्सी रात्रीकालीन बस सञ्चालन नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार बस सञ्चालनमा नगर्न आग्रह गरेको छ । असोज १० गते बिहिबारदेखि १३ गते आइतबारसम्म ठूलो पानी पर्ने भन्दै सञ्चालन नगर्न आग्रह गरेको हो । रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आंकलन गर्न कठिन हुने भन्दै प्राधिकरणले उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोली र पर्सी रात्रीकाली बस सञ्चालनमा रोक लगाएको हो । सात प्रदेशका ५८ जिल्लामा रात्रीकालीन बस सञ्चालन नगर्न आग्रह गरेको हो । यी जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले धान नकाट्न, काटिसकेको भए तत्काल भित्र्याउन समेत आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *