सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण महत्वपूर्ण- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

आज (बिहीबार) युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए । उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए ।

संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीन वटै तहका सरकारको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको बताउँदै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए । उनले भने, ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्याएको महशुस गरेको छु । ‘

उनले सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकाय संगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *