क्यान र मेटलाइफबीच सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झौता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न मेटलाइफ र क्यानबीच सम्झौता भएको हो । ललितपुरको पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्यान र मेटलाइफ नेपालका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअन्तर्गत मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ ।

बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतीबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिनेछ । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले यस सम्झौताले खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न सहयोग पुर्‍याउने विश्वास लिए । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले क्रिकेट टोलीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *