ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौं । बा‍गलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका छन् । ‍उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । बचतकर्ताको रकम अपलचन गरेर उनी लामो समयदेखि फरार थिए।

मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएको छ । देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *