कोशी ब्यारेजका सबै ढोका खोलियो

विराटनगर । भारी वर्षासँगै सप्तकोशी नदीमा उच्च बहाव हुँदा सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको हो । सप्तकोशी नदीको बहाव शनिबार बिहान ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको छ । यो खतराको तह भन्दा माथि भएसँगै सबै ढोका खोलिएको हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्ने गरेको छ । बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यसैबीच छिमेकी भारतको बिहारका ८ जिल्लाहरुमा कोशीको बाढीले ठूलो हानी पुर्‍याउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । भारत सरकारको जलसंशाधन विभागले कोशोमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै बिहारका प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन पत्राचार गरेको छ । कोशीको बाढीले भारतका सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्ला प्रभावित हुने गर्छन् । हाल जल संशाधन विभागले ती जिल्लाहरुमा पत्राचार गरेको छ । ब्यारेजमा पानीको बहाव अझै बढेर ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *