शाओमीको रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ। कम्पनीका अनुसार शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो। रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले सहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा संचालित यो स्मार्टफोनले सहज मल्टिटास्किंग र गेमिङ प्रदर्शन सुनिश्चित गर्दछ ।

आकर्षक तस्विर र सेल्फीहरूको लागि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध रहेको छ । १८ वाटको फास्ट चार्जिङ र अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजसहित ५१६० एमएएच ब्याट्रीको सहायताले रेड्मी १४ सी ले शक्तिशाली प्रदर्शन र पर्याप्त स्टोरेज प्रदान गर्दछ । फोन लन्च बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, हामी नेपालमा रेड्मी १४ सी ल्याउन पाउँदा निकै उत्साहित छौं । यस डिभाइसले प्रदर्शन, डिजाइन र किफायतीताको उत्तम सन्तुलन प्रदान गर्दछ ।

यस स्मार्टफोनले पनि शाओमीका अरु स्मार्टफोनलेझैं ग्राहकवर्गको मन जित्नेमा हामी विश्वस्त छौं । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १४ सी मा पनि कायम राखेका छौँ । कम्पनीका अनुसार रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ । ४ जीबी १२८ जीबी, ६ जीबी १२८ जीबी, ८ जीबी २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ । रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *