त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ ।

सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी-२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३-३ खेल जितेका छन् ।

यस सिरिजमा नेपालले अर्को खेल मंगलबार क्यानडाबीच, बुधबार ओमानबीच खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *