जेष्ठ नागरीक दिवसको शुभकामना ।

जब बुढो हुन्छौ
तबमात्र रुन्छौ । १

घरभरि जहान छन्
टेर्ने कोहि छैन
आफ आफ्नो ताल ब्यथा
हेर्ने कोहि छैन ।२

जब बुढोे हुन्छौ
तब मात्र रुन्छौे ।

सुन्दरथ्यो घर सधै
हाँसि मुहार हुन्थ्यो
हितभाव माया मोह
कुरा सबले सुन्थ्यो ।३

जब बुढो हुन्छौ
तब मात्र रुन्छौ ।

पित्तल भयो सुनको चरी
खियालागि झर्यो
बुढेशकालमा दैव हरे
संझि रुनु पर्यो ।।४

जब बुढो हुन्छौं
तब मात्र रुन्छौ ।

जेष्ठमान दिने सरकार
कसो गर्छौ भन
आश्वासनको बोलि खुवाई
के के हेर्छौ मन ।५

जब बुढो हुन्छौ
तब मात्र रन्छौ ।

बुढेश कालमा सहाराको
कति हुन्छ खाँचों
सरकारले भन्छ मात्र
मान्य छैनौ साचों ।६

जब बुढो हुन्छौ
तब मात्र रुन्छौ ।

दिल ज्ञान स्वतन्त्रता
अटल भावना
जेष्ठ ज्ञान सधै मिलोस्
शुभकामना ।७

 संयोजक  

जेष्ठ नागरीक समन्वय समिति
सु न पा वडा नं ३
बालकोट । हाल अष्ट्रेलिया

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *