मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित


काठमाडौं । मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित भएका छन् । उनी एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष नारायण जोशी चयन भएका छन् ।

यस्तै, महासचिवमा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका सीइओ शिवनाथ बहादुर पाँडे चयन भएका छन् । संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका सीइओ सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका सीइओ लेखनाथ पोखरेल र कुमारी क्यापिटलका सीइओ पुष्प शर्मा चयन भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *