सिप्रदीको काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं । सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ । काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सहायता कक्षको व्यवस्था गरिएका हो । दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको हो ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकाले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या र अन्यौलता नहोस् भनी सेवा दिइएको जनाइएको छ । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ । यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षासम्बन्धि सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *