गोविन्दा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट निस्किएपछि उनले मिडिया र फ्यानलाई हात जोडेर कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । चिकित्सक, प्रहरी, प्रशासन । मेरो लागि प्रार्थना गर्ने र धेरै माया गर्नुहुने सम्पुर्णमा धन्यवाद । म अहिले ठीक छु, सुरक्षित छु ।’

गत मंगलबार गोविन्दा मुम्बईको जुहुस्थित आफ्नै निवासमा आफ्नै लाइसेन्स रिभल्भरको गोली लागेर घाइते भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *