नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक
काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ ।
यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो राजमार्गमा दशैंका समय यात्रुबाहक सवारी साधनको चाप अत्यधिक हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागले उल्लेख गरेको छ । विभागका महानिर्देशक राजीव पोखरेलले औषधि र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन सञ्चालन भएको पाइए आवश्यक कारबाही गर्ने चेतावनी दिए ।
विभागको निर्णयअनुसार प्रहरीले ठूला सवारी साधनलाई काठमाडौं र नारायणघाटमै रोकेर राखेका छन् ।